आगलागीबाट ३५ लाख बराबरकाे क्षति

9.8k Shares

उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–४ मा बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट करिब ३५ लाख रुपियाँको भौतिक क्षति भएको छ ।

मिक्लाजुङ ४ का वडाध्यक्ष विशाल राईका अनुसार बिहान करिब साढे ९ बजे स्थानीय दिनेश तामाङको घर र भान्छाघरमा आगो लागेको थियो । भान्छाघरमा खाना पकाउने क्रममा सल्केको आगोले तामाङको घरसँगै अन्नपात, लत्ताकपडा, नगद र दुई तोलाभन्दा बढी सुनचाँदी जलेर नष्ट भएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा करिब दुई घण्टपछि आगो नियन्त्रणमा लिइएको वडाध्यक्ष राईले बताउनुभयो ।

सम्बन्धित समाचार