किन सार्वजनिक भएन अखिल क्रान्तिकारीको उमेरहदको मत परिणाम ?

10.5k Shares

काठमाडौं । बत्तिस वर्षको उमेरहद लगाउने कि नलगाउने भनेर नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा भएको मतदान विवादित बनेको छ ।

शनिबार डडेलधुरा बाहेकका जिल्लामा मतदान भएको थियो । त्यसको नतिजा सार्वजनिक हुन सकेको छैन । 

उमेरहद लगाउनुपर्ने पक्षमा नतिजा आउने भएपछि उमेरहदको विपक्षमा रहेकाले असन्तुष्टि जनाउँदै मतपरिणाम अस्वीकार गर्ने जनाएका छन् । 

गुल्मी, दाङलगायत जिल्लामा उजुरी परेको छ । केही जिल्लामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीको पनि मत खसेको विषयमा पनि विवाद भएको छ ।

स्रोतका अनुसार, उमेरहद लगाउनुपर्ने पक्षमा मत बढी आएको छ । कोसी प्रदेशबाट अत्यधिक मत उमेरहदको पक्ष र लुम्बिनीबाट विपक्ष मत आएको छ । गण्डकीमा उमेरहदकै पक्षमा मत बढी आएको छ । अन्य प्रदेशबाट भने मिश्रित नतिजा आएको स्रोतले जनाएको छ । 

सम्बन्धित समाचार