11.9k
Shares
पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आज पुनः बयान सुरू भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान शुक्रबार पनि बयान सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घन्टासम्म चलेको थियो । सूचना अधिकारी सुरज अधिकारी का अनुसार लामिछानेको बाँकी बयान आज सुरू भएको हो ।
सोमवार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । त्यही बीचमा उनी संघीय संसदको सांसद पदबाट निलम्बन भइसकेका छन ।