आज काठमाण्डौको न्यूनतम तापक्रम थोरैले बढ्यो : तराईमा हुस्सु, कोशीमा आंशिक बदली

12.7k Shares

काठमाण्डौ – आज काठमाण्डौको न्यूनतम तापक्रम थोरैले बढेको छ । बिहान पौने ६ बजेको मापनअनुसार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता बिहानको समयमा काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो । यो वर्ष काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्रीसम्म झरेको छ ।

यस्तै आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

काठमाण्डौ उपत्यका र तराईमा बिहानैदेखि हुस्सु लागेको छ । दिउँसो घाम लाग्दै गएपछि हुस्सु हट्दै जाने र धेरै ठाउँको मौसम सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकोले आज कोशी प्रदेशमा आंशिक बदलीको अवस्था छ ।

सम्बन्धित समाचार