चितवन निवासी १३ औं साग गेमका तेक्वान्दो तर्फबाट स्वर्णपदक ल्याउन सफल बनेकी पार्वती गुरुङ्गलाई दाई इन्द्रबहादुर गुरुङ्गको प्रेरणाले यो सफलता चुम्न मिलेको बताउछिन् ।
चितवनको ताँडीस्थित चितवन डोजाङ्गबाट नौ वर्षको उमेरमै तेक्वान्दो सिक्ने सुरु गरेकी गुरुङ्गको मेहतले गर्दा गेरुगी (फाइट) मा १७ वर्षको उमेरमा राष्ट्रिय टिममा पर्न सफल बनेकी थिइन् । सोही क्रममा इन्डोनेसिया, फिलिपिन्स, दुबई, कतार, कोरिया, भियतनाम, मलेसिया, इटली, थाइल्याण्डलगायत दक्षिण एसियाली मुलुकहरूमा नेपालको प्रतिनिधित्व गरी नेपालको नाम राख्न सफल बनेकी छिन् ।
२०१८ को इन्डोनेसियिाको जाकार्तामा भएको एसियन गेमबाट तेक्वान्दोको पुम्से विधालाई मान्यता दिएपछि त्यतातर्फ लागि पहिलो पटक नै साफ गेममा स्वर्ण पदक ल्याउन सफ लबनेकी गुरुङ्गले नेपालमा खेलाडी जिवनबाट जिविकोपार्जन गर्न गाह्रो भएका बताउँछिन् ।
हाल नेपाल पुलिस क्लवमा आवद्ध गुरुङ्ग कोरोना भाइरसका कारण घरमै र्दैनिक दुई घन्टा ट्रेनिङ्ग गर्ने गरेको बताउँछिन् । कोरोना भाइरसका कारण लामो समय भएको लकडाउनको समयमा पनि अन्तर्राष्ट्रिय स्तरको अनलाइन वल्र्र्ड च्याम्पियनसिपमा सिल्भर मेसडल ल्याउनुका साथै अमेरिकामा भएको लकडाउन कोभिड—१९ पुम्से भिडियो अनलाइन च्याम्पियनसिप २०२० मा स्वर्ण पदक ल्याउन सफल बनेकी छिन् गुरुङ्ग ।
कोरोना भाइरसका कारण विश्व नै संक्रमित बनिरहेको अवस्थामा पनि आफूलाई तेक्वान्दो गेममा निरन्तार दिनकै लागि विभिन्न विश्वका विभिन्न मुलुकहरू अष्ट्रेलिया, स्पेन, फ्रान्स, अमेरिकाका खेलाडीहरुसँग प्रतिष्पर्धा गरी स्वर्ण पदक ल्याउन सफल बनेकी छिन् । यस गेममाका लागि मलाई राष्ट्र राई गुरुले सहयोग गर्नुभएको थियो । यस गेममा पदक ल्याउनेमा म ढुक्क थिएँ । यस गेममा विश्वका विभिन्न राष्ट्रका खेलाडी गरेर ५ सय ६८ जनाले भाग लिएका थिए । पार्वतीको इभेन्टमा झण्डै ५० जना खेलाडी रहेको उनी बताउँछिन् । ५० जना खेलाडीलाई उछिनेर स्वर्ण पदक ल्याउन पाउँदा पार्वती धेरै नै खुसी भएको बताइन् ।
खेलकुद क्षेत्रमा लागेर भविष्य छ कि छैन भन्ने प्रश्नमा पार्वती भन्छिन् ‘अहिले नेपालको परिप्रेक्षमा भन्ने हो भने भविष्य अन्धरकार नै छ, तर राज्यले खेलाडीहरूलाई विभिन्न आश्वासनहरू दिइरहेका छन्, त्यो पूरा गर्ने हो भने भविष्य छ । तर त्यस्तो अवस्था आउला भन्नेमा विश्वास गर्ने अवस्था भने भइसकेको छैन । खेलाडीहरू राष्ट्रको गहना भन्ने गरिन्छ, तर गहनाकै जस्तो राष्ट्रले व्यवहार गर्नुपर्छ । कतिपय म भन्दा सिनियर खेलाडी दाजु भाई तथा दिदी बहिनीहरू खेलकै सिलसिलामा विदेश पलायन भएको घटनाहरू पनि छन् । सबै आर्थिक अभावकै कारण पलायन हुन बाध्य भएका हुन् । त्यसैले राष्ट्रले खेलाडीलाई आर्थिक अभाव नहुने वातावरण बनाइदिएको खण्डमा खेलकुद क्षेत्रमा पनि भविष्य छ । राष्ट्रका लागि पनि खेलाडीहरूले विश्वसामु शिर ठाडो पार्ने वातावरण बनाउन सक्छन् र भविष्यमा पनि सक्षम खेलाडीहरू उत्पादन हुने वातावरण बन्छ ।
विभिन्न उत्सवहरू परेर खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रममा पनि राजनीतिकरण भएकै कारण खेलाडीहरूको मनोबल गिर्ने काम भइरहेको पार्वती बताउँछिन् । उनका अनुसार हालै संविधान दिवसको अवसर पारेर साफ गेममा स्वर्ण पदक विजेता खेलाडीहरूलाई दिएको पदकका विषयमा खेलकुद क्षेत्रमा विवाद आयो । जसले तेक्वान्दोको पुम्सेतर्फ देशका लागि दुई वटा स्वर्ण पदक ल्याउन सफल आयशा शाक्य दिदीको नाम सिफारिस समेत भएन, साफ गेममा सबैभन्दा बढी पदक ल्याउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठको पनि नाम सिफारिससमेत भएन भने विभागीय टिमका खेलाडीहरूलाई विभागले सिफारिस गरेकै भरमा पदक दिइयो । यसैबाट पनि खेलाडीको मनोबल गिराउन काम भइरहेको छ ।
१३ औं साग गेमको स्मरण गराउँदै पार्वती बताउँछिन् ‘तेक्वान्दोको पुम्सेमा श्रीलंकाली खेलाडीको भन्दा बढी अंक ल्याई रुवर्ण पदक ल्याउन सफल बनेकी हुँ । वास्तवमा श्रीलंकाली खेलाडी रनपाटीपुरा देवाङ्गीमलाई पहिले इटलीमा भएको युनिर्भसियाट गेममा हराएका कारण आफ्नो प्रतिद्वन्द्वी ती खेलाडी नै परेको कारण आफूले स्वर्ण पदक ल्याउनेमा पूर्णरुपमा विश्वस्त थिए र परिणाम पनि त्यही आयो ।
आगामी २०२१ मा चीनमा हुने एसियन गेमका लागि घरमै प्रत्येक दिन २ घण्टाका दरले प्रशिक्षण लिँदै आइरहेकी छिन् । सो एसियन गेमको तयारीका लागि घरमै सेल्फ प्रशिक्षण लिइरहेको उनी बताउँछिन् । एसियन गेममा पनि पदक ल्याउने आशाका साथ मेहनत गरिरहेको पार्वती बताउँछिन् ।
एसियन गेमलाई लक्षित बनाई पार्वतीले पछिल्लो समय लकडाउनमा पनि विभिन्न मुलुकमा भएको अनलाइन गेममा पनि भाग लिँदै पदक हालिस गर्दै आइरहेकी छिन् ।