काबुल विमानस्थलमा फेरि कार बम हमलाको आशंका, अमेरिकाले जारी गर्‍यो चेतावनी

18.7k Shares

काबुल, ११ भदौं । अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि चाँडै कार बम हमला हुने आशंका गर्दै ‘अलर्ट’ जारी गरेको छ ।

बिहीबार साँझ काबुलको हमिद कारजाई विमानस्थल नजिकै दुई स्थानमा बम विष्फोट गराइँदा ८० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका छन् । मृतकमा १३ जना अमेरिकी सैनिक पनि छन् । मृतकको संख्या बढ्ने सम्भावना छ । यसैबीच अमेरिकाले शुक्रबार चेतावनी जारी गर्दै त्यहाँ फेरि चाँडै अर्काे बम हमला हुने खतरा देखिएको जानकारी दिएको हो ।

अमेरिकन ब्रोडकास्ट कम्पनीका अनुसार काबुल विमानस्थलको उत्तरी गेटमा कारबम विष्फोट गराइने सम्भावना देखिएको हो । गुप्तचर एजेन्सीलाई यो सूचना प्राप्त भएपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिक र सैनिकलाई सतर्क रहन आग्रह गरेको छ । एजेन्सी

सम्बन्धित समाचार