खोटाङमा रूखले किचेर एक जनाको ज्यान गयो

12.1k Shares

खोटाङ – खोटाङमा काठ काट्ने क्रममा रूखले किचेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ढाडगाउँका १८ वर्षीय मिलन दमाईंको ज्यान गएको हो ।

रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा सुकेको रूख ढलेर किच्दा  मिलनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खार्पामा रहेको भडाँरेमा एक हप्ता अघिदेखि गोलिया काठ निकासीका लागि निजी वनका रूख काट्ने काम भइरहेको स्थानीयले बताएका छन् । निजी वनका रूख काटेर ठेकेदारले तराईका विभिन्न जिल्लामा गोलिया काठ निकासी गरिरहेका छन् ।

सम्बन्धित समाचार