काठमाडौं - कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आजै पर्सा लगिने भएको छ ।
पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी संस्थाको रकम गोरखा मिडियामा अपचलन गरेको आरोपमा बयान लिन रविलाई पर्सा लैजान लगिएको हो ।
कास्की प्रहरीका अनुसार पोखरा विमानस्थलबाट काठमाडौं ल्याएर काठमाडौंबाट सिमरा हुँदै पर्सा लैजान लागिएको हो ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पर्सास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा रविलाई बयान गराउने तयारी प्रहरीको छ ।
लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
चितवन, रुपन्देही र काठमाडौंस्थित सरकारी वकिल कार्यालयमा रविको बयान लिने काम सम्पन्न भइसकेको छ ।