जुवातास खेलिरहेका १६ जना पक्राउ

10.2k Shares

काठमाडौं महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका - ३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुरसमेत सात जना तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत नौ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिलबहादुरको घरबाट पक्राउ परेकाहरूको साथबाट नगद रु ६३ हजार २८० र तीन बुक तास तथा दोर्जे लामाको घरबाट पक्राउ परेकाहरूको साथबाट नगद रु दुई लाख ९९ हजार ७४५ र तीन बुक तास बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार