11.4k
Shares
काठमाडौँ । पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् । उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको टावरमा पनि विस्फोट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोप छ । उनले आफूलाई नेकपा (माओवादी)को महासचिव बताउने गर्छन् ।