प्रधानमन्त्री ओली बेइजिङमा

11.9k Shares

जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ पुगेका छन्।


चिनियाँ सकमक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (सोमबार) बिहान त्यसतर्फ प्रस्थान गरेका थिए।

हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा बेइजिङ गएका उनी केहीबेरअघि त्यहाँको बिमानस्थलमा अवतरण गरेका हुन्।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका थिए। यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

सम्बन्धित समाचार