काठमाडौं - प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एकजना विश्वास पात्रलाई पक्राउ गरेको छ ।
भारतमा बसेर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा फुयललाई पक्राउ गरिएको सीआईबीका एसपी एवम् प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।
३६ वर्षीय उनको घर पाँचथरको साविक मौवा गाउँ विकास समिति-६ हो । उनी हाल झापाको मेचीनगर नगरपालिका वडा नं। १३ चारआलीमा बस्दै आएका थिए ।
‘यही मंसिर १३ गते बेलुकी झापाको मेचीनगर नगरपालिका-१३ चारआलीबाट यस ब्यूरोको टोलीले पक्राउ गरी ल्याई प्रारम्भीक अनुसन्धान गर्दा निज प्रतिवादीले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईंको निर्देशनमा गरेको बताएका छन्’।
नेपाली व्यापारीहरूलाई तर्साउने, रकम उठाउने र आपराधिक काममा युवा परिचालन गर्ने जस्ता गतिविधिमा उनी संलग्न रहेको भेटिएको बोगटीले बताए ।
केही समयअघि बिश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै चारजना व्यवसायीहरूले सीआईबीमा उजुरी दिएका थिए ।
प्रधानले नेपाली व्यापारीहरूलाई धम्क्याउन भारतीय र यूएईको दुबईका नम्बर प्रयोग गर्थे । तिनै फोनका आधारमा उनैले धम्की दिएको पत्ता लगाएर प्रहरीले पक्राउ गरेको हो ।