बीबीसी । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यू गर्ने भएका छन् ।
मेस्सी यो सिजन मात्र स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आएका हुन् । पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ । त्यस खेलबाट मेस्सीले डेब्यू गर्ने स्काई बीबीसीले जनाएको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।
मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ । पीएसजीले दुई खेलमा लगातार जित निकालेको छ ।