सिटी पहिलो खेलमै टोटेनहमसँग पराजित

18.5k Shares

काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको पहिलो खेलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी टोटेनहमसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा सनले निर्णायक गोल गरेका हुन् ।

जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अङ्क जोडेको छ । सिटीले भने हारबाट सिजनको सुरुवात गरेको छ । साबिक विजेता समेत रहेको सिटीले कमजोर प्रदर्शन गरेको हो ।

सम्बन्धित समाचार