निर्वाचन आयोगको प्रवक्तामा पोखरेल

11.2k Shares

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त तोकिएकी छिन्। शुक्रबार बसेको आयोगको बैठकले प्रवक्तामा पोखरेललाई तोक्ने निर्णय गरेको हो। 

पोखरेल आयोगमै कार्यरत सहसचिव हुन्। यसअघि आयोगको प्रवक्तामा शालिकराम शर्मा पौडेल थिए। 

शुक्रबार आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले पोखरेललाई प्रवक्ता तोकिएको एक विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

सम्बन्धित समाचार