काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् । उनले सरकार कसैका प्रति पूर्वाग्रही नभएको प्रस्ट पारे ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार अर्थात् आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।
‘यो कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन‚’ उनले भने‚ ‘सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’
उनले आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरूले कानुनको पालना गर्न नहुने भन्दै प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमानदारिता नदेखिएको बताए ।
‘हामी वैकल्पिक पार्टी हौँ भन्नेहरूको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरू अहिले कहाँ छन् रु‚’ उनको प्रश्न थियो‚ ‘अहिले पनि आएकाहरूको पनि हालत त्यही हुने हो । यिनीहरूमा इमान्दारीता हुनुपर्दैन रु यिनीहरूलाई केहि गर्नै नहुने रु’