नेपाल कीर्गिस्तानसँग पराजित

14.7k Shares

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा बिहीबार भएको खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । नेपालले सुरुआती दुई सेट २३–२५ र २१–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट नेपालले आफ्नो पक्षमा पार्‍यो । नेपालले २५–२१ र २५–२२ ले जित्यो । तर, खेलको अन्तिम तथा निर्णायक सेटमा नेपाल कीर्गिस्तानसँग १७–१९ ले पछि पर्‍यो । र, अन्तत नेपालले हार व्यहोर्‍यो ।

नेपालले चार खेलबाट सात अंक जोडेको छ । यसअघि, श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार व्यहोरेको थियो ।

यता कीर्गिस्तानको चार खेलबाट चार अंक छ । यसअघि, उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३–० को पराजय व्यहोरेको कीर्गिस्तानले श्रीलंकाविरुद्ध ३–२ सेटको जित निकालेको थियो ।

सम्बन्धित समाचार