टिकट बिक्रीमा ‘छक्का पञ्जा’ र ‘१२ गाउँ’को दबदबा, कमजोर देखियो ‘ज्वाइँ साब’

16.9k Shares

काठमाडौं । आजबाट तीन नयाँ चलचित्र रिलिज भएका छन् । ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकै दिन रिलिज भएका हुन् । 

दसैँको फूलपातीको अवसर पारेर एकै दिन तीनवटा चलचित्र रिलिज भएका हुन् । 

देशभरका मल्टिप्लेक्स र सिंगल थिएटरमा सबैभन्दा धेरै ‘छक्का पञ्जा–५’ले शो पाएको छ । दोस्रोमा ‘१२ गाउँ’को शो छ । तेस्रोमा ‘ज्वाइँ साब’ छ ।  

अग्रिम टिकट बुकिङ पनि ‘छक्का पञ्जा–५’कै धेरै देखिएको छ । ‘छक्का पञ्जा–५’कै हाराहारीमा ‘१२ गाउँ’को पनि टिकट बिक्री भइरहेको छ । 

‘ज्वाइँ साब’को भने अग्रिम टिकट बुकिङ धेरै देखिएको छैन ।

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् । 

सम्बन्धित समाचार