काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ च्युरीखर्कमा रहेका ९५ जनाले आफूहरुको उद्धार गरिदिन अपिल गरेका छन् ।
गएरातिदेखि मेलम्ची नदीमा आएको बाढीका कारण आफूहरु जोखिममा परेको भन्दै उनीहरुले उद्धारका लागि आग्रह गरेका हुन् ।
असार १ गते आएको बाढीका कारण सो क्षेत्रमा २० घर पुरिएका थिए । घर पुरिएपछि उनीहरुलाई अस्थायी रुपमा पाखामा सारिएको थियो । तर नदीमा पानीको बहाव बढ्दै गएको र पहिरोको जोखिमले उनीहरुले उद्धारका लागि आग्रह गरेका हुन ।
स्थानीय मिना थापाले आफूहरु रातभर जाग्राम बसेको बताइन् । उनले भनिन्,“जोखिममा छौं । पुल बगिसक्यो । बाटो छैन । बाढी बढेको बढ्यै छ । हाम्रो गुहार कसैले सुनिरहेको छैन । हेलिकोप्टरबाट उद्धार गरिदिन पर्यो ।” २० परिवारका ९५ जना सँगै रहेको उनले बताइन् ।