काठमाडौँ उपत्यकामा ११७ प्रहरीद्वारा ३८० जनाको उद्धार

12.7k Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न नदीहरूमा बाढी आएर प्रभावित भएका ३८० जनालाई उद्धार गरिएको छ । विभिन्न टोलीमा रहेका ११७ जना प्रहरीले प्रभावितलाई उद्धार गरेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक टेक बहादुर जोरा नेतृत्वमा खटिएको ५६ जनाको टोलीले ललितपुर, बल्खु क्षेत्रबाट ३२० जनालाई र्‍याफ्टिङ बोर्डबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् । 

यस्तै प्रहरी निरीक्षक सन्तोष दाहाल र मोहन विक्रम केसी नेतृत्वको ३५ जनाको टोलीले ललितपुर, नख्खु मेडासिटी क्षेत्रबाट ६० जनाको उद्धार गरेको छ । प्रहरी निरीक्षक ओम प्रकाश वाग्ले नेतृत्वको १६ जनाको टोलीले भक्तपुर परिसरको उद्धार टोलीलाई सहयोग गरेको छ ।

 
 
 
सम्बन्धित समाचार