काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिए

17k Shares

काठमाडौं, साउन १३ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । 

सम्बन्धित समाचार