काठमाडौँ जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ

12.6k Shares

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार लागु औषध मुद्दाका थुनुवा सञ्जीव कुमार यादव म्याद थप गर्ने क्रममा बबरमहल स्थित अदालतबाट परिसरबाट भागेका हुन् । उनीमाथि प्रहरी वृत्त थानकोटले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।

सिराहा घर भएका यादवलाई ललितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । आरोपीको साथबाट थप परिमाणमा लागु औषध भेटिएको छ । 

 
सम्बन्धित समाचार