काठमाडौ । फौजी संगठनमा माथिल्लो तहका हाकिमको घरमा संगठनका कामदार राख्ने प्रचलन लामो समयदेखि चल्दै आएको छ ।
एउटा नीति बनाएरभन्दा पनि आफ्नो अनुकूलको संगठन प्रमुख र गण वा सम्बन्धित कुनै कार्यालयमा आफु नजिकैको हाकिम भएको छ भने एसपी र एसएसपी मात्रै होइन डिएसपीले समेत परिचर मात्रै होइन सिपाही समेत कामदारको रूपमा घरमा राखेको देखिन्छ ।
गृह मन्त्रालयले प्रहरीलाई घरेलुु कामदारको रूपमा राख्न नपाउने नीति बनाए पनि त्यो कार्यान्वयनमा छैन । अवकाश भएका आइजिपीदेखि एसएसपीसम्मका धेरै व्यक्तिको घरमा अहिले पनि एक देखि दुई मात्रै होइन आधा दर्जन कामदारका रूपमा राखेको पनि देखिएको छ ।
अवकाश भएकाको हकमा त यस्तो छ भने बहालवाला प्रहरी अधिकृतको हकमा अझ कति दुरुपयोग भएको होला सहजै अनुमान गर्न सकिन्छ । नेपाल प्रहरीमा इमानदार छवि बनाएका भनेर चिनिने बर्तमान आइजिपी शैलेश थापा क्षेत्रीको एक बर्षको कार्यकालमा केवल उनले भ्रष्टाचार गरेनन् अन्यथा प्रहरी संगठनमा विगतको भन्दा ठूलो भ्रष्टाचार र असुली धन्दा चलिरहेको छ । त्यसलाई नियन्त्रण गर्न उनी पूर्णरूपमा असफल छन् ।
प्रहरी मुख्यालयको प्रवन्ध, भण्डारमा अहिले असुली चलिरहेको छ भने जनशक्तिको दुरुपयोग कसरी भैरहेको छ भन्ने एउटा तथ्य दृष्टान्त हामी कहाँ आइपुगेको छ । आइजिपी थापा क्षेत्री सधै कार्यरत रहने र सरकारी निवास समेत रहेको प्रहरी मुख्यालय कार्य बिभागको प्रशासन शाखा हेर्ने सई लालकाजी खड्का जुनियर प्रहरी अधिकृत भए पनि उनको घरमा कहिल्यै काम गर्ने परिचर टुट्दैन । एउटा गए तुरुन्त अर्को आइहाल्छ । परिचर नभए सिपाही आउंछ । हवल्दार हुँदादेखि कार्य बिभाग नछोडेका खड्काले सई भए पछि त झन् प्रशासनको जिम्मेवारी पाएका छन् । त्यसपछि उनले दर्जन परिचर र सिपाही लुकाउन गार्हाे किन पथ्र्याे र ? आफै बोक्सी आफै झांक्री भने झैं परिचर सिपाही लुकाउन के गाह्रो । अहिले उनको घरमा काम गर्नको लागि मात्रै होइन उनको शेयर र घरजग्गाको कारोवार हेर्नको लागि झण्डै एक दर्जन सिपाही र परिचर परिचालित छन् । उनी करौडौ करोडको घर जग्गाको कारोवार गर्छन् भने आफै घर बनाएर बेच्ने धन्दा पनि गर्छन् । शेयरमा त उनको झण्डै पचास करोड माथिको कारोवार रहेको समेत खुलेको छ ।
यी सबै काममा सई खड्काले सिपाही र परिचर प्रयोग गर्दै आई रहेका छन् । आइजिपी थापा क्षेत्रीको कमान्ड कन्ट्रोल यति कमजोर रहेछ भन्ने कुरा त प्रवन्धका अधिकारीले एआइजीलाई ठेक्काको भाग, दशैको भाग भनेर लगि बुझाउछन् उनले घुष नखाएर के गर्ने । आँखिर त्यो ठेकेदारले त्यसै प्रवन्धको एसपीलाई लगेर घुष त बुझाउदैन होला नि ? एउटा सईले एक दर्जन सिपाही र परिचर घर देखि आफ्नो व्यक्तिगत व्यापार व्यवसायमा प्रयोग गरेको थाहा नपाउने आइजिपीको संयन्त्र कति कमजोर र निकम्मा रहेछ भन्ने पनि पुष्टि हुन्छ । अहिले पनि खड्काको सम्पत्ति अख्तियारले छानबिन गरेको खण्डमा उनीसँग अकल्पनीय सम्पत्ति रहेको पुष्टि हुने समाचार स्रोत बताउँछ ।