प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

19.9k Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारीअनुसार यसबारेमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठकमा निर्णय हुनेछ ।
उनले प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । संसद्को बैठक दिउँसो ४ बजे बोलाइएको छ ।
संसद् सचिवालयले भने अहिले केही बेरपछि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारेमा कुराकानी हुने जनाएको छ ।

सम्बन्धित समाचार