शितल निवासमा देउवाले लिए सपथ

15.9k Shares

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शितल निवासमा सपथ ग्रहण गरेका छन्। उनी शितल निवास पुगेको झण्डै एक घण्टापछि सपथ  लिएका हुन्।
साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि सवा ८ बजेपछि सपथ भएको हो।
प्रधानमन्त्रीमा नियुक्त गरिएकोबारे राष्ट्रपतिको पत्र सच्याउनुपर्ने अडानपछि सपथ ढिला भएको हो। राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा उल्लेख थिएन।
साथै देउवाले आज सानो आकारमा मन्त्रिपरिषद गठन गरेका छन्। चार मन्त्रीहरुले पनि सपथ ग्रहण गरेका छन् ।
कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री तथा माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाइएको छ ।

सम्बन्धित समाचार