काठमाडौँ । फिल्म ‘कार्साङ’को छायाङ्कन सकिएको छ । यम शेर्पाको निर्देशन रहेको फिल्मको छायाङ्कन २२ दिनमा सकिएको हो । फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायाङ्कन भएको बताइएको छ । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायाङ्कन सकियो’, निर्देशक शेर्पाले भने, ‘पोस्टको काम सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शनमा आउँछ ।’