काठमाडौ । शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षक भएपछि प्रहरीको पोशाक परिवर्तन गर्ने निर्णय पिसिसि बैठकले ग¥यो । कटन सट, चुस्तालगायतका कपडा परिवर्तन गर्ने तयारी प्रहरीको छ ।
तर त्यसको लागि कुनै बिज्ञ टोली बनाइएको छैन । पोशाक परिवर्तन गर्न टेक्सटायल इन्जिनियरदेखि टेक्सटायल व्यवसायी समेत सम्मिलित टोलि बनाएर अध्ययन गरी गर्नुपर्नेमा केही मोटो रकम कमिशन दिने ठेकेदारको योजनामा, ठेकेदारले पालेका गुणस्तरमा इन्जिनियर र प्रवन्धमा एसपी अनि बढुवा नपाए पनि पछि परेर कृपाले प्रवन्धको नेतृत्व लिएका टेक्सटायलको कुनै जानकारी नभएकाबाट प्रहरीले कस्तो पोशाक परिवर्तन गर्न खोजेको हो । यसको पछाडि ठेकेदारको सेटिङमा प्रवन्धका एसपी र एसएसपीको चलखेल चलेको छ । यस्तो काण्डले तलव र राशन बाहेक एक पैसा खान्न भन्ने आईजिपीको कति बदनाम होला भन्ने प्रश्न प्रहरी भित्र उठ्न थालेको छ ।