काठमाडौं । उच्च नाफा आर्जन गर्नेको शीर्ष स्थानमा नबिल बैंक देखिएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा खुद ७ अर्ब ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष बैंकले कमाएको नाफाको तुलनामा १०.२३ प्रतिशतले बढी हो । नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा वर्षमा २० वटा वाणिज्य बैंकहरुले कूल ६४ अर्ब १५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्दैगर्दा नबिल एक्लैले ७ अर्बमाथिको नाफा आर्जन गर्नु आफैँमा ठूलो उपलब्धि हो । यो कूल नाफाको ११ प्रतिशतको हिस्सा हो ।