विश्व कीर्तिमान बनाउन ‘हिमालयन १००’ चेस गरिने

16.9k Shares

काठमाडौं । ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता आयोजना गरिने भएको छ । आउँदो शनिबार काठमाडौंको बबरमहलस्थित किङ्स कलेजमा प्रतियोगिता गर्न लागिएको हो । अन्तर्राष्ट्रिय चेस दिवस ९जुलाई २०० का अवसरमा प्रतियोगिता गर्न लागिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ ।

विश्व बुद्धिचाल महासंघ ९फिडे०ले आफ्नो स्थापनाको १००औँ वर्ष पनि मनाइरहेको छ । यही अवसरमा फिडे यसपालि जुलाई २० मा २४ घण्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वर्ल्ड रेकर्ड्स’ कायम गर्ने अभियानमा छ । त्यसलाई ‘फिडे १०० गिनिज वर्ल्ड रेकर्ड्स अटेम्प्ट’ नाम दिइएको छ ।

फिडेको यही अभियानअन्तर्गत नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले बताइन् । नेपालको पहिलो महिला चेस च्याम्पियन समेत रहेकी खम्बूले भनिन्, “फिडेले १०० वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनको लागि हामीले हिमालयन १०० आयोजना गर्न लागेका छौँ । स्वीस प्रणलीको आधारमा १० राउन्डमा सञ्चालन गरिने प्रतियोगितामा १०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।”

प्रतियोगिताको पुरुषतर्फका विजेताले १० हजार, उपविजेताले सात हजार, तेस्रो हुनेले चार हजार, चौथोले तीन हजार र पाँचौँ हुनेले दुई हजार रुपैयाँ पुरस्कार पाउनेछन् । छैटौँदेखि शीर्ष १० मा अटाउने खेलाडीले जनही एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फका विजेताले तीन हजार, उपविजेताले दुई हजार र तेस्रो हुनेले एक हजार रुपैयाँ हात पार्नेछन् ।

सम्बन्धित समाचार