गण्डकीमा बाढीपहिरो : पाँचको मृत्यु, तीन बेपत्ता, पाँचजना घाइते

22k Shares

पोखरा । अविरल वर्षासँगै गण्डकी प्रदेशमा बाढीपहिरोमा परी शनिबार पाँचजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता छन् । पाँचजना घाइते छन् ।

स्याङ्जा, पर्वत र तनहुँमा बाढीपहिरोमा परी मानिसको मृत्यु, बेपत्ता र घाइते भएका प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा तीनजनाको मृत्यु भएको छ । शनिबार बिहान ५ बजेतिर ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनीको घरमाथि पहिरो खसेको थियो । त्यो पहिरोबाट मरासिनी जोगिइन्, तर उनको घर जोगिएन ।

ज्यान बचाउन उनी छिमेकी माधव शर्माको घर गइन् । शरण लिन गएको घरमा पनि बिहान करिब ८ः२० बजे पहिरो खस्यो । घरमाथिबाट खसेको पहिरोबाट उनीहरू जोगिन सकेनन् । पहिरोमा परी मरासिनी, शर्मा र उनकी श्रीमती हरिमाया शर्माको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार