प्रभु साहका कारण रौतहटमा हिंसाको खतरा

16k Shares

काठमाडौं । पूर्वमन्त्री प्रभु साहको कुटिल राजनीतिले यतिबेला रौतहटमा हिंसाको खतरा बढेको छ । माओवादी केन्द्रमा रहँदा उनै साहले रौतहटमा धेरै विवादास्पद क्रियाकलाप गरे । उनका कारण पटक पटक हिंसात्मक घटनाहरु भए । यसपटक पनि उनैका कारण रौतहटको मौलापुर नगरपालिकामा ११ असारमा झडप भयो । नगरपालिकाको नगरसभामा उनकी पत्नी मेयर रीना कुमारी साहले प्रभु साहलाई अतिथिका रुपमा डाकिन् । साहलाई डाकेपछि नगरसभामा झडप भयो । प्रहरीले झडप नियन्त्रणका लागि अश्रु ग्याँस प्रयोग गर्नुप¥यो । तर, सोही दिन निर्वाचन आयोगले साहसहित १४ प्रतिनिधिलाई पदमुक्तको सूचना जारी ग¥यो । 
तर, मङ्गलबार पदमुक्त भएकी मेयर रीना साहसहित १४ जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले नेकपा माओवादी केन्द्र त्यागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णयबारे उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशले जनप्रतिनिधिहरुको पदमुक्तीले स्थानीय तहको कामकारबाहीमा अपुरणीय क्षति पुग्ने भएकाले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निर्णय कार्यान्वयन नगर्न भनिएको हो । योसँगै १४ जनप्रतिनिधिको काममा फर्कने मार्ग खुलेको हो । उनीहरुलाई माओवादी केन्द्रले १४ वैशाखमा दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगमा पत्र लेखेको थियो । उनीहरु माओवादी केन्द्रको चुनाव चिन्ह लिएर विजयी भएका थिए । 
यता, रौतहटमा प्रभु साहका कारण विवाद बढ्दै गएको छ । उनले आफू पक्षीय जनप्रतिनिधिलाई विपक्षीसँग भिडाउने गतिविधि बढाएका छन्  । साह मन्त्री खान नेकपा एमालेको केपी शर्मा ओली समूहमा गएका थिए । तर, केही महिनामै उनको मन्त्री पद अदालतको आदेशले गएको छ । त्यसपछि साह तनावमा छन् । उनी प्रतिनिधि सभा पुनःस्थापना भएमा सांसद पदमा फर्कने बाटो खोजिरहेका छन् । त्यसका लागि निर्वाचन आयोगमा डकुमेन्ट संकलन गर्दै अदालतमा जाने तयारीमा छन् । 
 

सम्बन्धित समाचार