14k
Shares
काठमाडौं । कैलालीमा आफै चलाएको पावर टिलरले घाँटीमा चोट लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका ४ बस्ने ४० वर्षीय देवल चौधरीको खेत जोत्ने पावर टिलरले चोट लाग्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार आइतबार चौधरीले आफैँले चलाएको पावर टिलर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोकिन जाँदा घाटीमा चोट लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । अस्पतालले उनलाई चेकजाँच गर्दा मृत घोषणा गरेको छ ।