मोहन बस्नेतद्वारा बाढी पहिरोमा परी मृत्यु हुने हुनेहरुको परिवारलाई २५ हजार रुपैयाँ दिने घोषणा

15.9k Shares

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिद्धारा नेका खेलकुद विभाग प्रमुख, पूर्व मन्त्री तथा केन्द्री सदस्य मोहन बहादुर बस्नेतलाई बाढी पहिरो बिपद् व्यवस्थापन समन्वय समितिको संयोजकको जिम्मेवारी दिएको छ । 
सो जिम्मेवारी पाएपछि नेता बस्नेतले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई प्रति व्यक्ति २५ हजारका दरले सहयोग गर्ने भएका छन् । २०७८ सालको सुरुदेखि बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई २५ हजार रुपैँयाका दरले सहयोग गर्ने बस्नेतले खोजतलासलाई जानकारी गराएका हुन् । 
नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको असार ४ गते बसेको बैठकले पुर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको संयोजकत्वमा  बाढी पहिरो बिपद् व्यवस्थापन समन्वय समिति बनाएको थियो । केन्द्रिय समन्वय समितिका संयोजक बस्नेतद्धारा जारी बिज्ञप्तीमा राहत सहयोग प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट भएको हुनुपर्ने छ ।
बस्नेतले आफूलाई पार्टीले विश्वास गरेर ठूलो जिम्मेवारी दिएकोमा सभापति शेरबहादुर देउवालगायत नेपाली कांग्रेस केन्द्रीय कार्य समिति परिवारलाई धन्यवाद व्यक्त गरेको प्रेस वक्तव्य जारी गरेका छन् । 

सम्बन्धित समाचार