राष्ट्रपति र प्रधानमन्त्री मिलेर संकटकाल लगाउनसक्ने प्रचण्डको आशंका

16.8k Shares

काठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संकटकाल लगाउनसक्ने आशंका व्यक्त गरेका छन् । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा रहेकाले ढुक्क हुनसक्ने अवस्था नभएको बताए ।

‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे अहिले गरेपनि हुने भएको छ,’ आज पेशागत संघ संगठनका प्रतिनिधिहरुसँग विपक्षी गठबन्धनले गरेको अन्र्तक्रियामा प्रचण्डले भने,‘संकटकालका विषयमा उहाँहरुको सहमति बनेको वा नबनेको होला । कुरा भइरहेको होला ।’

सकारात्मक संकेतहरु आएपनि ढुक्क हुने अवस्था नबनेको बताए । प्रचण्डले सकारात्मक संकेतहरु आइरहेको टिप्पणी समेत गरे ।

प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको आलोचना गरे । प्रधानमन्त्री ओली गणतन्त्रविरोधीहरुको प्यारो बनेको भन्दै राष्ट्रघातीमा दर्ज भएको टिप्पणी गरे ।

सम्बन्धित समाचार