जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा एक पक्राउ

16.8k Shares

भक्तपुर, १४ असार  । भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

भक्तपुर कमलविनायक बस्ने दोलखाको बैतेश्वर गाउँपालिका–४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार