टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको नकआउट चरणमा

18.9k Shares

काठमाडौँ-युरोकप फुटबल प्रतियोगिताको गए राति भएको खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । पोर्चुगलले दुई खेलबाट ६ अंक बटुलिसकेको छ ।

जितसँगै पोर्चुगल समूह ‘एफ’ बाट प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । दुई खेल खेलेको टर्की भने तीन अंकसहित दोस्रो स्थानमा छ । टर्कीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । 

खेल सुरु भएको २१ औँ मिनेटमै पोर्चुगलले पहिलो गोल गरेको थियो । पोर्चुगलका लागि पहिलो गोल बेनार्डो सिल्भाले गरेका थिए । अनुभवी मिडफिल्डर बेनार्डो सिल्भा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्छन् ।

सम्बन्धित समाचार