16.7k
Shares
काठमाडौं । बेल्जिय १६ औँ सस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा साबिकको विजेता टोली पोर्चुगललाई १–० गोल अन्तरले हराउँदै बोल्जियम अन्तिम आठमा प्रवेश गरेको हो ।
स्पेनको सेभियामा भएको खेलमा बेल्जियमलाई जित दिलाउन थोर्गान हाजार्डले निर्णायक गोल गरेका थिए ।
खेलको ४२ औँ मिनेटमा थोर्गान हाजार्डले टिमका लागि निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा पोर्चुगलले धेरै अवसर पाएपनि जित भने निकाल्न सकेन ।
बेल्जियमले अब क्वाटरफाइलनमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलमा यो संस्करणमा बेल्जियम हालसम्म अपराजित छ । बेल्जियम अन्तिम आठमा पुग्ने चौथो टोली हो ।