सांसदकै घरमा बाल श्रमिक भेटेपछी काठमाडौं महानगरद्वारा उजुरी दर्ता

21.9k Shares

काठमाडौं- जेठ १४ गते काठमाडौं महानगरको टोली लुम्बिनी प्रदेश सभा सांसद रेखा कुमारी शर्माको धुम्बाराहिस्थित घरमा पुग्यो। शर्माको घरमा बालश्रमीक छन् भन्ने विशेष सूचनाको आधारमा महानगरको टोली उनको घरमा पुगेको थियो। नभन्दै शर्माको घरमा काम गर्न बसेकी करिब १४ वर्षीया बालिका महानगरको टोलीले भेटायो।

महानगर टोलीले बालिकालाई उद्दार गरेर सेफ हाउसमा राखेको र सांसद शर्माविरुद्ध जाहेरी दर्ता गरेको महानगरका मेयरको सचिवालय सदस्य धिरज जोशी बताउँछन्।

जोशी भन्छन्, विशेष सूचनाको आधारमा हामी उहाँको घरमा गएका थियौँ। उहाँको घरमा बालिका भेटेपछि हामीले बालिकालाई उद्दार गरी सेफ हाउसमा राखेका छौँ। उहाँ आठ वर्षदेखि उक्त घरमा श्रम गरिरहेको भन्ने खुलेको छ। अहिले कक्षा सातमा अध्ययन गर्दै गरेको भन्ने छ।

बालिकाको मानसिक अवस्था पनि ठिक नभएको जोशीले बताए। बालिका राम्रोसँग नबोल्ने, आफ्नो केही कुराहरु पनि भन्न हिचकिचाउने गरेको उनले बताए। ‘बालिका राम्रोसँग बोल्दिनन्। उनको मानसिक अवस्था पनि राम्रो नभएको जस्तो देखिन्छ, उनले भने।

सम्बन्धित समाचार