भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

17.2k Shares

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५०८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ । महानगरभित्रका ९६ हजार ५९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पार्श्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मंगलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सो तथ्यांक सार्वजनिक गरिएको हो । हाल ३० हजार ५५५ जना विदेशमा रहेका र ११ हजार २३१ जना नेपाल फर्किएका छन् । 

हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन् । वैदेशिक रोजगारीमा जाने सबैभन्दा धेरै ब्राह्मण–क्षेत्री परिवारका छन् । ब्राह्मण–क्षेत्री १७ हजार ५६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार ५७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताइन् ।

सम्बन्धित समाचार