ओडिशाको मुख्यमन्त्री बन्दै मोहनचरण माझी

16.4k Shares

भुवनेश्वर – भारतीय जनता पार्टी (भाजपा) नेता मोहन चरण माझी ओडिशाको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

मङ्गलबार भएको दलको बैठकमा माझीलाई ओडिशामा भाजपाको विधायक दलको नेता चयन गरिएको हो ।

पार्टीका नवनिर्वाचित विधायकहरूको बैठकपछि सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले यो निर्णय घोषणा गरेका हुन् ।

उनका अनुसार कनक वर्धन सिंह देव र प्रवती परिडा उपमुख्यमन्त्री हुनेछन् । लोकसभा चुनावको साथमा भएको विधानसभा चुनावमा बहुमत प्राप्त गरेपछि भाजपाले ओडिशामा आफ्नो पहिलो सरकार बनाउने तयारी गरेको हो ।

राजनाथ सिंह र केन्द्रीय मन्त्री भूपेन्द्र यादव विधायकहरूको बैठकको लागि पार्टीको केन्द्रीय पर्यवेक्षकको रूपमा राज्यको राजधानी भुवनेश्वरमा रहेका थिए ।

ओडिशा विधानसभामा भाजपाले १४७ सिटमध्ये ७८ सिट जितेको छ ।

सम्बन्धित समाचार