अभद्र व्यवहारमा ज्वाला संग्रौलालगायतलाई मुद्दा चलाइँदै 

17.3k Shares

काठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारी भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार उनलाई अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने भएको छ ।

कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । त्यसबाहेक प्रहरीलाई गरेको रंगभेदी टिप्पणीमाथि पनि अनुसन्धान गरिने भएको प्रहरी स्रोतले जानकारी दियो ।

ज्वालाको वास्तविक नाम भने टीका संग्रौला हो । ज्वालाले आफूलाई नागरिक अभियन्ता बताउँदै आएकी छन् । असई मणिकान्त झालाई रंगभेदी टिप्पणी गरेपछि उनी थप विवादमा तानिएकी थिइन् ।

सम्बन्धित समाचार