काठमाडौँ । टी–२० विश्वकपमा क्रिकेटर सन्दीप लामिछानेले सहभागी हुन पाउने या नपाउने भन्ने विषयमा अझै पनि अन्योल कायमै रहेको छ । विश्वकपका लागि १५ सदस्यीय टोलीको नामावली बुझाउने अन्तिम समय नजिकिँदै गर्दा पनि लामिछानेको भिसाको विषयमा टुङ्गो लाग्न नसकेको हो । बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश गराउने पहल सुरु गरेको थियो । तर, अमेरिका जानका लागि लामिछानेको भिसा स्वीकृत हुन सकेन ।