दाङमा दुई महिलाको हत्या

14.3k Shares

घोराही । दाङको घोराही उपमहानगरपालिका–१०, पहेलपारमा शनिबार (आज) दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

सुर्खेत घर भई घोराही–१०, पहेलपारमा बस्दै आएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार र रुकुम घर भई सोही ठाउँमा बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले बताए । 

सम्बन्धित समाचार