बुवा बन्दै जस्टिन बिबर

18k Shares

काठमाडौ । चर्चित पपस्टार जस्टिन बिबर बुवा बन्ने भएका छन् । विवाह गरेको ६ वर्षपछि उनीहरू अभिभावक बन्न लागेका हुन् । 

जस्टिन र उनकी पत्नी हेली बाल्डबिनले बिहीबार राति इन्स्टाग्राम पोस्टमार्फत आफूहरूले सन्तान पाउन लागेको जानकारी गराएका हुन् ।

उनीहरू दुवैजनाले तस्बिर र भिडियो सेयर गरेका छन् । तस्बिर र भिडियोमा जस्टिनले हेलीलाई माया गरेको देख्न सकिन्छ ।

जस्टिन अहिले ३० वर्षका भए । उनी श्रीमती हेली २७ वर्षकी भइन् । उनीहरूले पहिलोपटक सन् २०१८ मा इङ्गेजमेन्ट गरेका थिए ।

सम्बन्धित समाचार