काठमाडौ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र बागमति प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनबिच खेलकुद पुर्बाधार निर्माण सम्बन्धी बजेट विनियोजित बिषयमा छलफल भएको छ । ललितपुर क्षेत्र नम्बर १ मा सयौ राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरू रहेको तर खेलकुद पुर्बाधार नभएको कारण खेलाडीहरूलाई प्रशिक्षण गर्न निकै समस्या परेको कारण नया खेलाडी उत्पादन गर्न समस्या रहेको माननिय महर्जनले खेलकुद मन्त्री समक्ष सुनाए।
माननीय महर्जनले ललितपुर क्षेत्र नम्बर १ मा एउता कबर्ड हलको अति आवश्यकता रहेको, उक्त कबर्ड हल निर्माणको निमित्त बहुबर्शिय बजेत बिनियोजित गरीदिन मन्त्री समक्ष अनुरोध गरे। महर्जनले आफ्नो निर्बाचन क्षेत्र बागमति गाउपालिकामा अन्य खेलकुद मैदानको निर्माणको निमित्त बजेट पेश गरेको छ। यस बिषयमा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ सकारत्मत रहेको माननिय महर्जनले बताए।
खेलकुद प्रिष्तभुमिबाट राजनितिमा प्रबेश गरेका लोकप्रिय नेता महर्जन गत २०८९ सालको प्रदेश सभा निर्बाचनमा शानदार मतका साथ निर्वाचित भएका थिए।महर्जन खेलकुद जगतका भीष्म पितामा रूपमा परिचित छन्। उक्त बजेट सम्बन्धि छलफलमा खेलकुद परिषद राष्ट्रिय टीम तयारी समिति उप निर्देशक राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ अध्यक्ष आठौ, नवौ साफ स्वर्ण पदक विजेता दीपक श्रेष्ठ साथमा थिए।