काठमाडौं– क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।
झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले यो सजाय सुनाएका हुन् ।
अदालतले क्रिप्टोकरेन्सी एक्सचेन्जमा ४.३२ बिलियन डलर जरिवाना पनि लगाएको छ। जबकि, झाओले ५० मिलियन डलर जरीवानाका साथै युएस कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनलाई ५० मिलियन डलर तिरिसकेका छन्
विनान्सलाई अपराधीहरूलाई फाइदा हुने ‘वाइल्ड वेस्ट’ मोडल अपनाएको आरोप लागेको थियो । यस मोडल मार्फत हमास, अल-कायदा र इस्लामिक स्टेट लगायतका ठूला आतंकवादी संगठनहरूको एक लाख संदिग्ध लेनदेन रिपोर्ट गरिएका थिए ।