भीम रावलले एमाले छाड्लान्?

18.4k Shares

छाड्लान्

सुभाष साह

बैशाख १४, २०८१

४:५९ बिहान

 

 

 

34

Shares

facebook-white sharing buttontwitter-white sharing buttonpinterest-white sharing buttonlinkedin-white sharing buttonwhatsapp-white sharing button

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा.भिम रावल पार्टीमा अहिले जिम्मेवारी विहिन अवस्थामा छन् । कुनै समयमा सुदुरपश्चिममा एमालेको खम्बाको रुपमा मानिने रावल पार्टी अध्यक्ष केपी शर्माको ‘प्रतिशोध’ का कारण उनी एमाले छोडने अवस्थामा पुगेका छन् ।

 

एमालेको चितवनमा भएको १० औं महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग रावल पराजित भए । महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेकै कारण उनी पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउँन नसकेका हुन् ।

 

पार्टीमा जिम्मेवारी विहिन भएका रावल पार्टीका बैठक एवं कार्यक्रममा समेत जान छोडेका छन् । ओलीसंग प्रतिस्पर्धा गरेको र उनको गलत कार्यको आलोचना एवं विरोध गरेकै कारण रावललाई पार्टीमा कुनै जिम्मेवारी नदिई पार्टी छोड्न वाध्य बनाइएको छ ।

 

गत ८ र ९ बैशाखमा ललितपुरको गोदावरीमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक बस्यो । देशैभरीका नेताहरु सो बैठकमा सहभागि भए पनि रावल सो बैठकमा सहभागि भएन् । रावल किन बैठकमा सहभागि भएनन भन्ने खोजविन पनि कसैले गरेन् । बैठकमा सहभागि हुनुपर्छ भन्ने ’boutमा नेतृत्वले कुनै चासो समेत देखाएन् । त्यसपछि रावलले आफूमाथि प्रतिशोध साँधेर प्रतिनिधि परिचयपत्र समेत नबनाइदिएपछि बैठकमा आफू उपस्थित नभएको जानकारी गराएका छन् ।

यि र यस्तै बिभिन्न कारणले रावलले एमाले परित्याग गर्ने संकेत गरेका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार