डढेलो निभाउन गएको दमकल नै जल्यो

15.5k Shares

काठमाडौँ । डढेलो निभाउन गएको दमकल नै जलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेको हो ।  नगरपालिकाको लु१ग ३४९ नम्बरको दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

तिलोत्तमा–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा आगलागी हुँदा इन्जिनसहितका भाग जलेका छन् । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

 
सम्बन्धित समाचार