विश्वकै सबैभन्दा ठूलो बैंक घाेटाला : भियतनाममा ४४ अर्ब डलरको बैकिङ ठगी,अर्बपति महिलालाई सुनाइयाे मृत्युदण्ड सजाय

20.3k Shares

काठमाडाैँ । भियतनामी अर्बपति महिला ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ । घुसखोरी, बैंकका नीतिनियमको उल्लंघन र रकम हिनामिना गरेको आरोपमा घर जग्गा कारोबार गर्ने ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको हो । पर्यवेक्षकहरुले उत्सुकतापूर्वक हेरिरहेको उक्त बैंक ठगी मुद्दा विश्वकै सबैभन्दा ठूलो हो ।

हो ची मिन सहरको उपनिवेशकालीन भवनमा रहेको अदालतले भियतनामको एक ठूलो बैंकलाई ११ वर्षभन्दा बढी समयदेखि ठगेकाले लानलाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ  । लान भान थिन्ह फाटकी संस्थाकी अध्यक्ष हुन्।

लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर, २७ अर्ब फिर्ता गर्न नगरेको बैंकले जनाएको छ । देशकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन्।

सम्बन्धित समाचार