इलाममा मनोनयन दर्ता सुरु

5.2k Shares

इलाम । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा पनि उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ । जनमुक्ति पाटीका उम्मेद्वार याम योङहाङ लिम्बूले इलाम क्षेत्र नम्बर–२ का लागि पहिलो उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो ।  

अहिले मंगोल नेशनल अर्गानाइजेशनको उम्मेद्वारी दर्ताको लागि तयारी भएको बताइएको छ । इलाममा दुुईवटा निर्वाचन क्षेत्र रहेका छन् । इलाम सदरमुकाममा इलाम क्षेत्र नम्बर –२ कोलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको छ भने इलाम क्षेत्र नम्बर–१ का  लागि सूर्योदय नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय रहेको छ । अहिले सम्ममा इलाम क्षेत्र नम्बर –१ का राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका ज्वाला नेपालको उम्मेद्वारी दर्ता भएको छ । 

जिल्लामा रहेका ठूला दलहरु नेकपा एमालेले इलाम–२ मा दिउँसो एक बजेदेखि साढे एक बजेसम्म मनोनयन दर्ता गराउने समय लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै नेपाली कांग्रेसले दिउँसो साढे दुुई बजेदेखि तीन बजेसम्म मनोनयन दर्ताको समय लिएको छ । नेपाली कम्पुनिष्ट पाटीले तीन बजेदेखि साढे तीन बजेको समय लिएको जनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पाटीले दिउसो साढे तीन बजेको समय लिएको बताइएको छ । इलाम–२ मा एमालेबाट सुुहाङ नेम्वाङ र नेपाली कांग्रेसबाट पुराना नेता भेषराज आचार्यको उम्मेद्वारी पर्ने टुुङ्गो लागेको ती दलहरुले जनाएका छन् । सुहाङ यसअघिको उप–निर्वाचनमा पनि नेपाली कांग्रेसलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य रहनुु भएको थियो । 

सम्बन्धित समाचार